Piratiko Barko Lyrics | New Nepali Movie – “Shatru Gate” Song || Piratiko Barko || Kali Prasad Ft. Paul, Aanchal

Lyrics
















Shatru Gate – Piratiko Barko Lyrics

ओढाउला पिरतिको बर्को तिमिलाइ
मेरै नामको सिन्दुरको धर्को तिमिलाइ ।।२
डबल बेडको पलङमाथी दुइटा सिरानी
एउटा मलाइ चट्टसङ्ग अर्को तिमिलाइ
मेरै नामको सिन्दुरको धर्को तिमिलाइ ओ बर्को तिमिलाइ

तिलहरी र नौगेडिको लर्को तिमिलाइ
आहै तिलहरी र नौगेडिको लर्को तिमिलाइ
हसाइराख्छु हरेकपल एक सर्को तिमिलाइ
काढौला पिरतिको मह मिलिजुली
एउटा हात मै चाटुला अर्को तिमिलाइ
मेरै नामको सिन्दुरको धर्को तिमिलाइ
दिउला बर्को तिमिलाइ

बाहिरको काम सबै मेरो घरको तिमिलाइ
आहै बाहिरको काम सबै मेरो घरको तिमिलाइ
घरको काममा लाग्न दिन्न झर्को तिमिलाइ
गुडाउला जिन्दगिको रथै गुटुटुटुटु
एउटा पाङ्ग्रा मलाइ भए अर्को तिमिलाइ
मेरै नामको सिन्दुरको धर्को तिमिलाइ
दिउला बर्को तिमिलाइ

ओढाउला पिरतिको बर्को तिमिलाइ
मेरै नामको सिन्दुरको धर्को तिमिलाइ
डबल बेडको पलङमाथी दुइटा सिरानी
एउटा मलाइ चट्टसङ्ग अर्को तिमिलाइ
मेरै नामको सिन्दुरको धर्को तिमिलाइ ओ बर्को तिमिलाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *